Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रेल सञ्चालनको तयारी थाल्न विभागलाई मन्त्री नेम्वाङको निर्देशन

    रेल सञ्चालनको तयारी थाल्न विभागलाई मन्त्री नेम्वाङको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, ३१ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जनकपुर–जयनगर रेल सञ्चालनको तयारी थाल्न रेल विभागलाई निर्देशन दिएका छन् ।

    आज मन्त्री नेम्वाङले पानी जहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग छलफल गर्ने क्रममा रेल विभागलाई निशेधाज्ञा खुल्नेबित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिएका हुन् ।



    नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण कुराहरुको व्यवस्थापन भइसक्दा पनि रेल सञ्चालनमा ढिलाइ भएकाले छिटोभन्दा छिटो सञ्चालनमा आउनुपर्ने उनको भनाइ थियो।



    ‘रेल सञ्चालनका लागि अध्यादेश जारी गरीसकेका छौँ । यति हुँदाहुँदै पनि हामीले रेललाई समयमा सञ्चालन गर्न सकेका छैनौँ,’ मन्त्री नेम्वाङले भने, ‘कोभिड महामारीले बाधा पुर्‍याएको छ । निषेधाज्ञा खुल्नेबित्तिकै हामीले त्यहाँ रेल सञ्चालन गर्नुपर्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार