Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • तयारी अवस्थामा रहेको रेल सञ्चालनको भाखा सरेको सर्‍यै

    तयारी अवस्थामा रहेको रेल सञ्चालनको भाखा सरेको सर्‍यै

    अनलाइन नेपाल
  • मंगलबार, ६ माघ २०७७
  • 2.9K
    SHARES

    फाइल तस्बीर

    काठमाडौं । ३४ किलोमीटर खण्डको जनकपुर (कुर्था)–जयनगर रेलमार्गमा तयारी अवस्थामा रहेका रेल चलाउनसमेत निरन्तर भाखा सारिएको छ । गत असोज २ गते यो खण्डमा भारतबाट ल्याइएका २ ओटा रेल परीक्षणका रूपमा सञ्चालन भएयता ती रेल पार्किङ गरेर राखिएको छ ।

    रेल सञ्चालन गर्ने जिम्मा पाएको सरकारी लगानीको नेपाल रेलवे कम्पनी लिमिटेडले सञ्चालनका लागि तीनपटक भाखा सारेको छ । रेल नेपाल ल्याउँदा कात्तिकसम्ममा सञ्चालन गर्ने भनेको कम्पनीले त्यसयता पुसमा र अहिले माघ महीनाको अन्तिमसम्ममा रेल चलाउने नयाँ समयसीमा तयार गरेको छ ।



    नेपालमा रेल ल्याएको ४ महीनासम्म पनि सो खण्डमा सञ्चालन हुन नसकेको रेलको उद्घाटन भने दुवै देशका प्रधानमन्त्रीहरूको सहभागितामा हुने कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । प्रधानमन्त्रीहरूको उपस्थितिमा ती रेल सञ्चालनको प्रारम्भ गरिने तयारी भएकाले हाललाई निश्चित समय यकिन नभएको उनको भनाइ छ ।



    रेल चलाउने तयारी अन्तिम चरणमा रहेको भन्दै उनले भने, ‘नेपाल र भारतका प्रधानमन्त्रीकै सहभागितामा रेल उद्घाटन हुने भएकाले अहिले मिति तय भइसकेको छैन । यद्यपि यही माघको अन्तिमसम्ममा रेल चलाउने तयारी कम्पनीले गरेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिका हिमा वि.क.ले लेखेकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार