Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पत्रकारहरुसँग गृहमन्त्री अधिकारीले भने – नराम्रो हुन दिन्न

    पत्रकारहरुसँग गृहमन्त्री अधिकारीले भने – नराम्रो हुन दिन्न

    अनलाइन नेपाल
  • मंगलबार, १ असार २०७८
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले सरकारको पहिलो प्राथमिकता कोरोनाविरुद्धको खोप खरिद भएको भन्दै केही समयभित्रै आवश्यक खोप गरिद गरेर ल्याइसक्ने दावी गरेका छन् । आज मन्त्रालयमा सुरक्षा मामिलाका पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री अधिकारीले निर्वाचनका लािग आवश्यक सम्पूर्ण तयारी भइसकेको पनि बताए ।

    निर्वाचनलाई भयरहित र पारदर्शी ढंगले सम्पन्न गराउने बताउँदै उनले भने–‘अदालतले संसद पुनर्स्थापना गरे पनि त्यसपछि हुने चुनावै हो । यो विषयलाई पनि अदालतले मनन गर्ला, त्यसैले निर्वाचन हुन्छ, यसको तयारीमा जुट्नुपर्छ ।’



    गृह प्रशासनलाई गुनासोरहित बनाउन कोशिस गर्ने बताउँदै उनले भने–‘मैले मन्त्रालयमा आएर अहिलेसम्म एक कप चिया पनि खानुपरेको छैन, जतिञ्जेल काम गर्छु, राम्रोसँग गर्छु ।’



    भारतीय पक्षले सडक निर्माण गरिरहेका कारण दार्चुलामा नेपाली बाटो भत्किएको विषयमा पनि कुटनीति पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको पनि उनले बताए । अधिकारीले भने–‘त्यहाँको वस्तुस्थितिसहितको प्रतिवेदन पनि राखेर परराष्ट्रलाई पत्राचार गरेका छौं, थप प्रक्रिया त्यहाँबाट अघि बढ्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार