Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सिंहदरबारमा गृहमन्त्री र ७ वटै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुको बैठक

    सिंहदरबारमा गृहमन्त्री र ७ वटै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुको बैठक

    अनलाइन नेपाल
  • आइतबार, ६ असार २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । सिंहदरवारमा गृहमन्त्री खगराज अधिकारी र ७ प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुको बैठक जारी छ ।

    आज गृहमन्त्री अधिकारीले विपद् ब्यवस्थापन र निर्वाचन सुरक्षाबारे छलफल गर्न भनेर सबै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुलाई काठमाडौं बोलाइएको बताइएको छ।



    यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ मा दोस्रो पटक संसद विघटन गरेर निर्वाचनको घोषणा गरेकी छिन् ।



    बैठकमा प्रहरी प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी पनि सहभागी छन् ।

    गत शुक्रबार राष्ट्रपति भण्डारीले शितल निवासमा बोलाएर गृहमन्त्री अधिकारी र ३ सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार