Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गृहमन्त्री अधिकारीले जारी गरे १२ बुँदे सर्कुलर, नाकामा कडाई र निषेधाज्ञा खुकुलो बनाउने तयारी

    गृहमन्त्री अधिकारीले जारी गरे १२ बुँदे सर्कुलर, नाकामा कडाई र निषेधाज्ञा खुकुलो बनाउने तयारी

    अनलाइन नेपाल
  • बिहिबार, २७ जेष्ठ २०७८
  • 2.6K
    SHARES

    तस्बिर रासस

    काठमाडौं । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले कानुन विपरितका गतिविधिमा कुनै पनि किसिमको सम्झौता नगर्न देशभरका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् ।

    गृहमन्त्री अधिकारीले आज पदभार सम्हालेलगत्तै  ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई १२ बुँदे परिपत्र गर्दै  अपराध नियन्त्रणमा कुनै पनि सम्झौता नगर्न, चुनावी रणनीति तयार पार्न र सरकारबाट सञ्चालित बिकासे आयोजना समयमै सम्पन्न हुने गरी तदारुकताका साथ जिम्मेवारी निर्वाह गर्न प्रशासन र सुरक्षा निकायहरुलाई निर्देशन दिएका हुन । निषेधाज्ञाका कारण बन्द व्यापार र व्यवसाय जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्नेसम्बन्धी कार्ययोजना पेश गर्न पनि परिपत्रमा उल्लेख गरिएको छ ।



    गृहले शान्ति सुरक्षा, कोभिड संकट व्यवस्थापन, सीमा सुरक्षा एवं अपराध अनुसन्धान तथा नियन्त्रणमा पनि केन्द्रीत रहन निर्देशन दिएको छ ।



    गृहमन्त्री अधिकारीलाई गृह सचिव महेश्वर न्यौपानेले मन्त्रालय र सुरक्षा निकायबाट भइरहेका कार्यसम्पादनको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।  गृहको परिपत्रमा जनस्वास्थ्यका मापदण्डलाई पालना गर्दै निषेधाज्ञामा बन्द रहेका आर्थिक गतिविधि सुचारु गर्ने खाका पेश गर्न भनिएको छ ।

    परिपत्रमा सीमा नाकाबाट स्वास्थ्य परीक्षण नगरी विदेशीलाई प्रवेश निषेध,सीमा सुरक्षा र व्यवस्थापनलाई पनि कडाइका साथ पालना गर्न भनिएको छ । सीमा नाकासँग जोडिएका जिल्लाहरुले नाकाबाट हुने आवागमनलाई व्यवस्थित गरी अभिलेख राख्ने व्यवस्थाको साथै नेपाल प्रवेश गर्ने यात्रुलाई अनिवार्य स्वास्थ्य परीक्षण गराएर मात्र प्रवेश गर्न दिने व्यवस्था मिलाउन परिपत्र जारी गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार