Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • अन्तरिक्ष केन्द्र निर्माणमा चीनको फड्को, तीन अन्तरिक्ष यात्री लिएर उड्यो शेन्झाउ–१२

    अन्तरिक्ष केन्द्र निर्माणमा चीनको फड्को, तीन अन्तरिक्ष यात्री लिएर उड्यो शेन्झाउ–१२

    अनलाइन नेपाल
  • बिहिबार, ३ असार २०७८
  • 2.6K
    SHARES

    एजेन्सी। चीनले बिहीबार आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि तीन जना अन्तरिक्ष यात्री सहितको शेन्झाउ–१२ रकेट प्रक्षेपण गरेको छ ।

    तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्र निर्माणमा यी अन्तरिक्ष यात्रीले काम गर्नेछन् । उनीहरु अन्तरिक्ष केन्द्रमा तीन महिना बस्नेछन् ।



    हाल संयुक्तराज्य अमेरिका र रुससँग मात्र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र छन् जहाँ पृथ्वीबाट पठाइएका अन्तरिक्ष यात्रीहरु महिनौं बसेर अध्ययन र अनुसन्धानका कार्यहरु गर्ने गर्दछन् ।



    हुनत, चीनले यसअघि पनि अन्तरिक्षमा मानव पठाइसकेको छ । यो चीनको सातौं मानव सहितको अन्तरिक्ष यात्रा हो । चीनले पाँच वर्ष यता मानव सहितको रकेट अन्तरिक्षमा प्रक्षेपण गरेको थिएन ।

    चीनको अन्तरिक्ष केन्द्र (सीएमएसए) का अनुसार चीनको उत्तरपश्चिम स्थित गोबी मरुभूमिबाट चिनियाँ समयानुसार बिहान ९.२२ बजे रकेट प्रक्षेपण गरिएको थियो । प्रक्षेपण गरिएको करिब ५७३ सेकेन्डपछि शेन्झाउ–२ भूउपग्रह अन्तरिक्ष केन्द्रमा प्रवेश गरेको थियो ।

    सीएमएसएले भूउपग्रह र त्यहाँ यात्रारत सबै अन्तरिक्ष यात्रीको अवस्था राम्रो रहेकाले अन्तरिक्ष कार्यक्रम सफल भएको जनाएको छ ।

    यसपटक अन्तरिक्ष गएका यात्रीहरुमा शेन्झाउ–६ र शेन्झाउ–१० बाट दुई पटक अन्तरिक्ष यात्रा गरिसकेका ५६ वर्षीय निई हाइसेङ, शेन्झाउ–७ अभियानमा संलग्न ५४ वर्षीय लिउ बोमिङ र पहिलो पटक अन्तरिक्ष यात्रा गर्न लागेका ४५ वर्षीय टाङ होङ्बो रहेका छन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार