Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चीनमा एक अर्ब डोज कोरोना खोप लगाइयो

    चीनमा एक अर्ब डोज कोरोना खोप लगाइयो

    अनलाइन नेपाल
  • सोमबार, ७ असार २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । चीनले कोरोना भाइरसविरुद्धको खोप एक अर्बभन्दा बढी डोज लगाइसकेको छ ।

    विश्वमा सबैभन्दा धेरै व्यक्तिलाई खोप लगाउने देश चीन बनेको छ । खोपको मात्रा विश्वभर लगाइएको भन्दा एक तिहाई बढी हो ।



    चीनमा खोप अभियान निकै चाँडो सुरु भएको थियो, त्यसको गति तीव्र भने हुन सकेको थिए । कोरोना भाइरसको डेल्टा भेरियन्टको जोखिम बढेसँगै खोप अभियानले तीव्रता पाएको हो ।



    चिनियाँ अधिकारीहरुले देशका एक अर्ब ४० करोडभन्दा बढी जनसंख्या मध्ये आउँदो जुलाईसम्म ४० प्रतिशतलाई खोपको पूर्ण मात्रा लगाइसक्ने लक्ष्य लिएको छ।
    चीनमा स्थानीय रुपमै विकास गरिएको सिनोफार्म र सिनोभ्याक खोप लगाउने गरिएको छ । दुवै खोप दुई पटक लगाउनु पर्छ ।

    डेल्टा भेरियन्टको जोखिम आउनु पूर्व धेरै चिनियाँले खोप लगाउन आनाकानी गरेका थिए । तर संक्रामक डेल्टा भेरियन्टको जोखिम बढेसँगै खोप लगाउनेहरुको संख्या बढेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार