Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रतिनिधिसभा विघटन

    प्रधानमन्त्रीमा ओली कि देउवा ? रिट निवेदकका तर्फबाट अन्तिम बहस जारी

    प्रधानमन्त्रीमा ओली कि देउवा ? रिट निवेदकका तर्फबाट अन्तिम बहस जारी

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असार २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनका कारण राष्ट्रपति विद्यादेवी भण्डारीमाथि लगातार प्रश्न उठ्दै आएको छ ।

    सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहित १४६ जना सांसदले दिएको रिटमाथि जारी बहसमा वकीलहरुले राष्ट्रपति र प्रधानमन्त्रीको नियतमाथि प्रश्न उठाएका हुन् ।



    आज रिट निवेदकका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालले राष्ट्रपति र प्रधानमन्त्रीको काम बदनियतपूर्ण भएको आरोप लगाए ।



    ‘प्रधानमन्त्रीले संविधानको पालना गर्छु भनेर शपथ खानुभयो । त्यो भनेको उहाँले विश्वासको मत लिन्छु भनेर शपथ खानुभो तर, आफैंले खाएको शपथको पालना गर्नुभएन । राष्ट्रपतिले संसदमा जानका लागी बाटो फुकाई दिनुपर्नेमा टिकट टाँसेको चिठीलाई (जसपा र प्रधानमन्त्रीले पठाएको पत्रलाई संकेत गर्दै) आधार मानेर बदनियतपूर्ण निर्णय गर्नुभो,’ अर्यालले भने।

    संविधानको धारा ७६(५)अनुसार सरकार गठनका लागि प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले दाबी गरेको राष्ट्रपतिले अस्वीकार गरिएको थियो ।

    तत् पश्चात मन्त्रिपरिषद्को सिफारिसमा गत जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति तोकिएको छ ।  प्रधानमन्त्री र राष्ट्रपतिको सो कदमलाई असंवैधानिक  भन्दै  सर्वोच्च अदालतमा ३० वटा रिट परेका छन् ।

    सोही रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासमा यही असार ९ गतेदेखि बहस भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार