Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • घरायसी विवादका कारण छोराले गरे बुबाको हत्या

    घरायसी विवादका कारण छोराले गरे बुबाको हत्या

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असार २०७८
  • 3.1K
    SHARES

    जनकपुरधाम । धनुषामा घरायसी विवादका कारण आफ्नै बुबालाई हत्या गरेको आरोपमा छारो पक्राउ परेका छन् । मसला कुट्ने खलले प्रहार गरी बुवाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    धनुषाको धनुषाधाम नगरपालिका वडा नम्वर १ काशीपुर बस्ने ७० वर्षीय विसो यादवको गए राति उनकै छोरा श्रीकिसुन यादवले हत्‍या गरेका हुन् ।



    प्रहरीका अनुसार श्रीकिसुनले पछिल्लो समय बुवासँग अंश सम्बन्धी विवाद गर्दै आएका थिए । मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार