Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सर्पको टोकाईबाट महोत्तरीमा एक महिलाको मृत्यु

    सर्पको टोकाईबाट महोत्तरीमा एक महिलाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २३ असार २०७८
  • 1.3K
    SHARES

    महोत्तरी । महोत्तरीमा विषालु सर्पले टोकाईबाट एक महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा जिल्लाको मटिहानी नगरपालिका वडा नम्वर ९ सिमरदहीमा विषालु सर्पको टोकाईबाट स्थानीय सुशील सहनीकी २४ वर्षीया श्रीमती विभादेवी सहनीको मृत्यु भएको हो ।



    सहनीलाई मंगलबार राति करीब ९ बजे खाना पकाउने क्रममा विषालु सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।



    सर्पको टोकाईबाट सिकिस्त भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए । मृतक सहनीको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार