Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • दार्चुलामा पहिरोमा पुरिएर ३ को मृत्यु

    दार्चुलामा पहिरोमा पुरिएर ३ को मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २४ असार २०७८
  • 2.1K
    SHARES

    दार्चुला। लगातारको वर्षासँगै आएको पहिरोमा पुरिएर दार्चुलामा ३ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा नौगाड गाउँपालिका–३ खार चौखुट्टेका ७२ वर्षीया गेउली ठगुन्ना, उनकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्ना र २९ वर्षीय लक्ष्मण सितोली रहेका छन् ।



    गेउली र मन्जरीको घर पुरिँदा मृत्यु भएको हो भने लक्ष्मणको पानीघट्ट जाने क्रममा माथिबाट आएको पहिरोमा पुरिएर ज्यान गएको प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।



    पहिरोमा परेर नौगाड गाउँपालिका–३ कै १८ वर्षीया हरमती ठगुन्ना घाइते भएकी छिन् ।

    यसैबीच नौगाड गाउँपालिका–३ स्थित ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजनाको संरचना बाढीले बगाएको छ । बाढीले खार र जामिर जोड्ने झोलुङ्गे पुल, तीन निर्माणाधीन पुल, तीन पानीघट्ट समेत बगाएको प्रहरीले जनाएको छ ।

    उक्त क्षेत्रका आधा दर्जनभन्दा बढी घर पहिरोको उच्च जोखिममा रहेका छन् । अहिले प्रहरी टोली सो क्षेत्रमा परिचालन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार