Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • देउवालाई विश्वासकाे मत दिन जसपाका दुवै पक्ष एकैठाउँमा, माधव पक्षबिनै बहुमत !

    देउवालाई विश्वासकाे मत दिन जसपाका दुवै पक्ष एकैठाउँमा, माधव पक्षबिनै बहुमत !

    अनलाइन नेपाल
  • आइतबार, ३ साउन २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । यससंगै कांग्रेस सभापति देउवा सरकारको पक्षमा जसपा एकठाउँमा देखिएको छ ।

    यसअघि प्रधानमन्त्री देउवाले जसपा अध्यक्ष ठाकुर लाई पत्र लेख्दै आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका थिए।



    यस्तै,  जसपाको उपेन्द्र यादव पक्षले पनि १९ जना सांसदहरुको नामावली तयार पार्दै प्रधानमन्त्री देउवालाई विस्वासको मत हाल्ने निर्णय गरेको छ। यससँगै, देउवाले सदनबाट विश्वासको मत पाउने पक्का भएको छ ।



    विश्वासको मत लिन देउवालाई १ सय ३६ मत आवश्यक पर्छ । प्रतिनिधिसभामा कांग्रेसको ६१, माओवादी केन्द्रको ४८ (सभामुख बाहेक), एमालेको १२१ (माधव नेपाल पक्ष–२३ ), जसपा ३२ (उपेन्द्र यादव पक्ष–२०) तथा जनमोर्चा, नेमकिपा र राप्रपाको एक–एक मत छ । कांग्रेस, माओवादी केन्द्र र जसपा र राष्ट्रिय जनमोर्चाको गरी १४२ मत हुन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार