Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कांग्रेस क्रियाशिल सदस्यता विवाद : जनकपुरमा कार्यकर्ताको अनसन

    कांग्रेस क्रियाशिल सदस्यता विवाद : जनकपुरमा कार्यकर्ताको अनसन

    अनलाइन नेपाल
  • बिहिबार, ७ साउन २०७८
  • 1.5K
    SHARES

    आर एन यादव / जनकपुरधाम । नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय धनुषास्थित जनकपुरधाममा पनि नेता कार्यकर्ताहरुले रिले अनसन शुरु गरेका छन् ।

    राजधानिस्थित काठमाडौँमा पाँच दिनदेखि नेपाली कांग्रेस धनुषाका पूर्वसांसद तथा पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवसहितका नेता आमरण अनसनमा छन् ।



    उनकै समर्थनमा जनकपुरधाम स्थित जिल्ला पार्टी कार्यालयमा बुधबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बस्ने गरी अन्सन जारी छ । तरुण दलको केन्द्रीय सदस्य नरेश यादवका अनुसार धनुषाको निर्वाचन क्षेत्र नम्बर १ र ४ मा क्षेत्रीय सभापतिले धाँधली गरी सदस्यताको वितरण गरेको आरोप लगाएका छन् ।



    जिल्लाबाट पठाएको प्रतिवेदनको आधारमा सदस्यता वितरण हुनु पर्ने र प्रक्रिया विपरीत वितरण गरिएको सदस्यता रद्ध गर्नुपर्ने उनहरुको माग रहेको छ । वडा सभापतिको जानकारी बिनै अन्य पार्टीबाट आएकालाई सदस्यता दिइएको उनले बताए ।

    उनीहरूले पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो बर्चश्व देखाउन पार्टीको विधान विपरीत कार्य गरेको आरोप लागेको छ । धनुषामा १२ हजार क्रियाशील सदस्य थिए ।

    १२ हजार पुनः थप्ने पार्टीको संस्थागत निणर्य भएपनि ७ हजार मात्रै थपिएको छ । धनुषामा करिब १९ हजार क्रियाशील सदस्य रहेका छन् । अहिले पार्टी कार्यालय अगाडी ९ जना अन्सनमा सबेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार