Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • डा. केसीकाे १८ औं अनसन सुरू: अब के राखे माग?

    डा. केसीकाे १८ औं अनसन सुरू: अब के राखे माग?

    अनलाइन नेपाल
  • मंगलबार, २० जेष्ठ २०७७
  • 3.1K
    SHARES

    डोटी । डा. गोविन्द केसीले मंगलबार दार्चुलामा अनसन सुरु गरेका छन् । उनकाे याे १८ औं अनसन रहेकाे छ। सदरमुकाम खलंगाको जगन्नाथ मन्दिरमा उनले सीमा सुरक्षाको बिषयलाई लिएर अनसन बसेका हुन् ।

    ‘सीमाञ्चल लगायत सबै नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सवैको पहुँचका लागि’ भन्दै उनले अनसन सुरु गरेका हुन् । उनी मंगलबार र बुधबार अनसन बस्नेछन् ।



    दार्चुलालगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच, गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था, भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्नुपर्ने माग उनले राखेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार