Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सेयर बजार सुधारको माग राख्दै अनसन बसेका कोइराला भेट्न खुमलटार पुगे बालेन शाह

    सेयर बजार सुधारको माग राख्दै अनसन बसेका कोइराला भेट्न खुमलटार पुगे बालेन शाह

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 2.1K
    SHARES

    काठमाडौं । पुँजी बजारको सुधारका लागि १९ बुँदे मागपत्र जारी गर्दै आन्दोलनमा होमिएका तिलक कोइरालालाई भेटन् काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह खुमलटार पुगेका छन् ।

    गत असार १ गतेदेखि धितोपत्र बजार (सेयर बजार) को स्थायित्व र सुधारको माग राख्दै धितोपत्र बोर्ड अघि आमरण अनसनमा बसेका कोइराला भेट्न बुधबार मेयर शाह पुगेका हुन् ।



    पछिल्लो समय अनपेक्षित रुपमा सेयर बजारमा ठूलो गिरावट आएसँगै लगानीकर्ताहरु आन्दोलित भएका छन् ।



    पुँजी बजारको सुधारका लागि १९ बुँदे मागपत्र जारी गर्दै आन्दोलनमा होमिएका लगानीकर्ताहरु मध्यका एक कोइराला विगत ८ दिनदेखि आमरण अनसनमा छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार