Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • टोकियो ओलम्पिक : चीनमाथि अमेरिकाको दबाब, कुन देशले कति स्वर्ण जित्यो ?

    टोकियो ओलम्पिक : चीनमाथि अमेरिकाको दबाब, कुन देशले कति स्वर्ण जित्यो ?

    अनलाइन नेपाल
  • शुक्रबार, २२ साउन २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । ३२ औं संस्करणको ग्रीष्मकालिन ओलम्पिक जारी छ। हालसम्मकको स्थितिमा चीन पदक तालिकाको शीर्षस्थानमा छ।

    चीन ३४ स्वर्ण, २४ रजत र १६ कास्यगरी ७४ पदकसहित शीर्षस्थानमा रहँदा अमेरिका दोस्रो स्थानमा छ। अमेरिकाले बिहीबारसम्म २९ स्वर्ण, ३५ रजत र २७ कास्यगरी कुल ९१ पदक जितेको छ।



    आयोजक जापान २२, स्वर्ण १० रजत र १४ कास्यगरी कुल ४६ पदक गरी जापान तेस्रो स्थानमा यथावत रहेको छ। १७ स्वर्ण, ५ रजत र १९ कास्यगरी कुल ४१ पदक जितेर अष्ट्रेलिया शीर्ष चारमा उक्लिएको छ।



    रसियन ओलम्पिक कमिटि टोली (आरओसी) १६ स्वर्ण, २२ रजत र २० कास्यसहित ५८ पदक जित्दै पाँचौ स्थानमा उक्लदा बुधबार चौथो स्थानमा रहेको इंग्ल्यान्ड १६ स्वर्ण, १८ रजत र १७ कास्यगरी कुल ५१ पदकसहित छैटौ स्थानमा झरेको छ। जर्मनी ९ स्वर्ण, ९ रजत र १६ कास्यगरी ३४ पदकसहित सातौं स्थानमा रहँदा फ्रान्स ७ स्वर्ण, ११ रजत र ९ कास्यसहित २७ पदक जितेर आठौं स्थानमा रहेको छ।

    ७ स्वर्ण, १० रजत र १८ कास्यगरी ३५ पदक जित्दै इटाली नवौं स्थानमा रहँदा नेदरल्यान्ड्स ७ स्वर्ण, ९ रजत र १० कास्यगरी २६ पदक जित्दै शीर्ष १० भित्र अटाएका छन्। न्युजिल्यान्डले ७ स्वर्ण, ६ रजत र ६ कास्यगरी १९ पदक जितेको छ। बिहीबार एक पदक पनि जित्न नसकेको दक्षिण कोरिया ६ स्वर्ण ४ रजत र ९ कास्यगरी कुल १९ पदकसहति १२औं स्थानमा झरेको छ।

    हंगेरीले ५ स्वर्ण, ७ रजत र ३ कास्यगरी १५ पदक जितेको छ। क्यानडाले ५ स्वर्ण, ५ रजत र ८ कास्य गरी १८ पदक जितेको छ। क्युवाले ५ स्वर्ण, ३ रजत र ४ कास्य गरी १२ पदक जितेको छ। ब्राजिलले ४ स्वर्ण, ४ रजत र ८ कास्यगरी १६ पदक हात पार्दा चेक रिपब्लिकले ४ स्वर्ण, ३ रजत र २ कास्यगरी ९ पदक जित्दै शीर्ष १७ मा अटाएका छन्।

    स्पेन, स्वीट्जरल्यान्ड, पोल्यान्ड, क्रोएसिया, जमैका र बेल्जियमले समान ३ स्वर्ण जित्दै शीर्ष २३ भित्र रहेका छन्। स्वीडेन, चाइनिज ताइपेइ, जर्जिया, डेनमार्क, इरान, नर्वे, स्लोभेनिया, इक्वेडर, ग्रीस, उज्वेकिस्तान, कोसोभो र कतारले समान दुई स्वर्ण जितेका छन्।

    युक्रेन, रोमानिया, भेनेजुएला, हङकङ, केन्या, दक्षिण अफ्रिका, स्लोभाकिया, अष्ट्रिया, टर्की, सर्विया, इन्डोनेसिया, बुल्गेरिया, पोर्चुगल, बेलारुस, इथियोपिया, फिलिपिन्स, युगान्डा, ट्युनिसिया, आयरल्यान्ड, इजरायल, इस्टोनिया, फिजि, लात्भिया, थाइल्यान्ड, बहमास, बर्मुडा, मोरोक्को, प्युरेटो रिकोले समान एक स्वर्ण जितेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार