Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • को हुन् ‘मिम किङ’ ओसिता ? यस्ता छन् उनको जीवनबारे रोचक तथ्यहरु

    को हुन् ‘मिम किङ’ ओसिता ? यस्ता छन् उनको जीवनबारे रोचक तथ्यहरु

    अनलाइन नेपाल
  • शनिबार, ३० साउन २०७८
  • 2.5K
    SHARES

    एजेन्सी – नेपाली मिमतिर देखिरहने ओसिता इहिम एक प्रसिद्ध नाइजेरियन सुपरस्टार हुन्। उनी यसरी विश्वभरि मिममा छाउनुक कारण उनको उचाइ र एक्प्रेसन हो। उनको उचाइ जम्मा ४ फिट ३ इन्च मात्र रहेको छ।

    हेर्दा बच्चाजस्तो देखिए पनि उनको उमेर ३९ वर्ष हो। यो सुन्दा तपाइहरुलाई आस्चर्य लाग्न सक्ला। एक विशेष रोगका कारण उनको शारीरिक विकासक्रम रोकिएको हो। उनको जन्म सन् १९८२ मा अबिया राज्यमा भएको थियो। कम्प्युटर विज्ञानका लागि प्रवेश प्राप्त गरेपछि उनी लागोस सहर गएका थिए।



    पढाइमा अब्बल उनी यसमै मात्र सिमित रहेनन्। सानै उमेरबाट हँसाउनमा सिपालु उनी नाटकीय क्षेत्रलाई अँगालेर अघि बढे। ओसितालाई साथीले पहिलोपटक फिल्मको अडिसनका लागि लगेका थिए।



    पछि गएर उनी अधिक नाटकीय भूमिकाहरुमा परिपक्व हुन थाले। एक अभिनेताको रूपमा बहुमुखी प्रतिभाले उनलाई सुपरस्टार बनायो।

    उनले अहिलेसम्म एक सयभन्दा बढि फिल्महरुमा अभिनय गरिसकेका छन। आफ्नो हाँस्यकला र चलचित्रमा देखाएका अभिनयका कारण अहिले उनले लाखौं प्रशंसकहरुको मन जितिसकेका छन्।

    यस्ता छन् ओसिताको जीवनबारे केही रोचक कुराहरुः
    १. ओसिता इहमेले एक यातायात कम्पनी पनि स्थापना गरेका छन्, जुन दक्षिण पूर्व बाट लागोससम्म सञ्चालित हुन्छ।

    २. अभिनय बाहेक उनको राजनीतिक महत्वाकांक्षा छ। उनी कुनै दिन राम्रो नेता चाहना व्यक्त गर्छन्।

    ३. उनका केहि प्रशंसकहरुलाई मात्र थाहा छ उनी एक संगीतकार पनि हुन्। उनका दर्जनौं गितहरु रेकर्ड भएका छन्।

    ४. ओसिता खाली समयमा फुटबल खेल्न, किताबहरु पढ्न, विशेष गरी पवित्र बाइबल, र टिभी हेरेर समय बिताउने गर्छन्।

    ५. उनको हाल सम्पति अहिले ५ करोड छ।

    ६. सन् २०११ मा उनले आफ्नी प्रेमीकासँग विवाह गरे जसमा नलिउडका स्टार र शीर्ष राजनीतिज्ञहरु पनि उपस्थित भएका थिए।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार