Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ओलीले निर्वाचन आयोगलाई पठाएको २६० सदस्यीय कमिटीले मान्यता नपाउने

    ओलीले निर्वाचन आयोगलाई पठाएको २६० सदस्यीय कमिटीले मान्यता नपाउने

    अनलाइन नेपाल
  • आइतबार, ६ भाद्र २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्यको विवरण अद्यावधिक गरेर निर्वाचन आयोगलाई पठाएको २६० सदस्य सङ्ख्यालाई आयोगले तत्काल मान्यता नदिने भएको छ ।

    निर्वाचन आयोगका अनुसार दल दर्ता गर्दाको पार्टीको विधान र त्यस बखत आयोगमा रेकर्ड भएका केन्द्रीय सदस्यको आधारमा अघि बढ्ने आयोगको तयारी छ ।



    आयोगको उक्त तयारीसँगै  ‘नेकपा एकीकृत समाजवादी’ सनाखतका क्रममा नेपाल पक्षले २०३ बाटै २० प्रतिशत पुर्‍याउँदा हुने भएको छ । यस्तै, नयाँ दलले वैधानिकता पाइसकेपछि भने जति जनाको केन्द्रीय कमिटी बनाए पनि त्यसलाई आयोगले मान्यता दिने र अभिलेखमा राखिने आयोगले स्पष्ट पारेको छ । त्यसपछि केपी ओलीले पनि केन्द्रीय कमिटीको सदस्य संख्या बढाउन वा घटाउन पाउने निर्वाचन आयोग स्रोतले बतायो ।



    गत मंगलबार भदौ १ गते एमाले पार्टीको निर्णयको आधिकारिक माइन्युटसहित एमालेले केन्द्रीय सदस्यहरूको नाम थपेर २०३ को ठाउँमा २६० पारेर आयोगलाई विवरण दिएको थियो ।

    ​माधव नेपालले गत भदौ २ गते निर्वाचन आयोगमा एमालेका २०३ केन्द्रीय सदस्यमध्ये ५८ सहित अरू केन्द्रीय सदस्य समेत थपेर नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार