Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एनसेलको टावरमा तार जडान गर्दा धादिङमा २ जना मजदुरको मृत्यु, एक गम्भिर घाइते

    एनसेलको टावरमा तार जडान गर्दा धादिङमा २ जना मजदुरको मृत्यु, एक गम्भिर घाइते

    अनलाइन नेपाल
  • सोमबार, १४ भाद्र २०७८
  • 1.8K
    SHARES

    धादिङ । धादिङमा एनसेलको टावरमा तार जोड्ने क्रममा २ जना मजदुरको मृत्यु भएको छ । गजुरी गाउँपालिका वडा नम्बर ५ बञ्चरे डाँडामा एनसेलको तार जोड्ने क्रममा २ जना मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उनीहरुले तार जडानका क्रममा बिजुलीको पोलमा भर्याङ हालेका थिए । भर्याङ हाल्नेक्रममा करेन्ट लागेर २ जनाको घटनास्थलमै मृत्यु भएको स्थानियबासीले बताएका छन् ।



    ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपी युवराज खड्काले पनि घटना भएको पुष्टि गर्दै भने,  ‘मृत्यु भएको हो । हामी अहिले यहीँ छौँ । अहिले हामी काम गर्दैछौँ,’ ।



    स्थानियबासीका अनुसार अर्का एक जना गम्भिर घाइते भएका छन् । उनलाई स्थानिय अस्पतालमा राखेर उपचार गरिँदैछ ।

    पोलमा सर्ट भएको बिजुलीका कारण करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेहरुको सनाखत हुन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार