Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • युईएफएका अध्यक्षले नै रियल म्याड्रिड, बार्सिलोना र युभेन्टसले च्याम्पियन्स लिग नखेले हुन्छ भनिदिएपछि…

    युईएफएका अध्यक्षले नै रियल म्याड्रिड, बार्सिलोना र युभेन्टसले च्याम्पियन्स लिग नखेले हुन्छ भनिदिएपछि…

    अनलाइन नेपाल
  • शनिबार, २६ भाद्र २०७८
  • 1.8K
    SHARES

    एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च संस्था युईएफएका अध्यक्ष अलेक्स्यान्दर केफेरिनले रियल म्याड्रिड, बार्सिलोना र युभेन्टसले च्याम्पियन्स लिग नखेले पनि केही फरक नपर्ने बताएका छन्।

    उनले युरोपेली सुपर लिग नामक नयाँ लिग गठन गर्ने र यस सिजन च्याम्पियन्स लिग पनि खेल्ने यी तीन क्लबहरूको निर्णयप्रत्ति लक्षित गर्दै ती क्लबहरु नभएपनि च्याम्पियन्स लिग चलिरहने बताएका हुन्र उनीहरूले छाडे पनि आफूले माइन्ड नगर्ने केफेरिनले जानकारी दिए।



    ‘उनीहरू नयाँ प्रतियोगिता सुरु गर्न चाहन्छन् र यही समय यस सिजन च्याम्पियन्स लिग पनि खेल्न चाहन्छन्। यो निकै हास्यास्पद छ,’ उनले भने। उनले रियल, बार्सा र युभेन्टस्का अध्यक्षहरूले फुटबललाई मार्न चाहेको बताए।



    ‘यी तीन क्लबमा निरर्थक नेतृत्व छन्। फियोरेन्टिनो पेरेज, जोआन लापोर्टा र आन्द्रे एज्निल्लीले फुटबललाई मार्ने प्रयास गरेका छन्,’ केफेरिनले भने। रियलका अध्यक्ष फियोरेन्टिनाको पेरेजले किलियान एमबाप्पेलाई पिएसजीबाट भित्र्याउन गरेको असफल प्रयासको उदाहरण दिँदै केफेरिनले उनको आलोचना गरे।

    ‘उनी युईएफएको आलोचना गरिरहेका छन् र सुपर लिग गर्न सकेमात्रै क्लब बाँच्न सक्ने बताइरहेका छन्। तर, यही समय किलियन एमबाप्पेलाई १८ करोड युरो तिरेर भित्र्याउने प्रयास पनि उनले गरे,’ उनले भने।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार