Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भित्री वस्त्र सुकाएर छिमेकीले आफ्नो श्रीमानलाई उत्तेजित पारेको भन्दै उजुरी

    भित्री वस्त्र सुकाएर छिमेकीले आफ्नो श्रीमानलाई उत्तेजित पारेको भन्दै उजुरी

    अनलाइन नेपाल
  • सोमबार, २८ भाद्र २०७८
  • 4.9K
    SHARES

    एजेन्सी । संसार विचित्रको छ अनि मानिसहरु पनि। कहिलेकाहाीँ उनीहरुले गर्ने हर्कत पनि विचित्रको नै हुन्छ। मेक्सिको हाल यस्तै एक घटना भएको छ।

    क्विनटाना रोका प्रहरीमा एउटा निकै अचम्मको उजुरी परेको छ। त्यहाँकी एक महिलाले आफ्नी २३ वर्षीया छिमेकीमाथि देखिने गरी भित्री वस्त्र सुकाएकोमा आपत्ति जताउँदै उजुरी नै दर्ता गरेकी छिन्। उनको अनुसार ती छिमेकीले उनका श्रीमानलाई उत्तेजित पार्न यसो गरेकी हुन्।



    ४२ वर्षकी युभित्जा इले आफ्नी ‘निर्लज्ज’ छिमेकीलाई ‘नैतिकता र सभ्यता’ बिर्सिएको आरोप लगाएकी छिन्। उनले प्रहरीलाई उनकी छिमेकीको व्यवहार कुनै संयोग नभएको बताएकी छिन्।



    उनले प्रहरीसमक्ष भनिन्, ‘मेरा श्रीमान् घरमा भएकै बेला, शनिबार दिउँसो उनले सधैँ आफ्नो थोङ्ग (भित्री वस्त्र) धोएर सुकाउँछिन्। मैले मेरा श्रीमानलाई सधैँ छिमेकीको भित्री वस्त्र घुरेर हेरेको देखेकी छु। मैले उनलाई मेरा श्रीमानलाई उत्तेजित नबनाउन भने पनि उनले यसो गर्न छोडिनन्।’

    युभित्जाले प्रहरीलाई ती महिलालाई नैतिकता र सभ्यता बिर्सिएकोमा पक्राउ गर्न आग्रह गरेकी छिन्। तर प्रहरीले ती २३ वर्षीया महिलाले कानुन विपरीत केही पनि नगरेको भन्दै सम्झाएको बताइएको छ। प्रहरीले ती महिलाको घरमा गएर छिमेकी, महिलाका श्रीमान् र महिलालाई सँगै राखेर यस्ता खालका विवादबाट टाढै बस्न सल्लाह दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार