Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ‘भेलु बाजे’ का हर्कत रोक्न माग गर्दै जिल्ला प्रशासनमा उजुरी

    ‘भेलु बाजे’ का हर्कत रोक्न माग गर्दै जिल्ला प्रशासनमा उजुरी

    अनलाइन नेपाल
  • सोमबार, ४ पुष २०७९
  • 2.5K
    SHARES

    काठमाडौं । सामाजिक सञ्जालमा भेलु बाजे भनेर चिनिएका मिनबहादुर बुढा र उनका सहयोगीका अश्लीलता फैलाइएको भन्दै जिल्ला प्रशासन कार्यालय प्यूठानमा उजुरी परेको छ ।

    ‘भेलु बाजे’लाई युट्युब अन्तरवार्ताहरूमा अश्लील शब्द तथा हर्कतहरू गर्न लगाइएको र जसले गर्दा बालबालिकाको मानसिकतामा असर परेको भन्दै प्यूठानकै सुवास जिसीले सोमवार उजुरी दिएका हुन् ।



    जिसीले निवेदनमा लेखेका छन्, ‘भेलुबाजेलाई विभिन्न व्यक्ति तथा मिडियाहरुले मदिरा सेवन गराई मात्तिएको अवस्थामा विभिन्न अश्लिल हर्कतहरु गराउने र सामाजिक सञ्जालबाट प्रस्तुत गरी समाजमा फोहोर, अश्लिल, अपाच्य र अमर्यादित शब्दहरु प्रशारण गर्ने गरेको र त्यसको गहिरो गरी बालबालिकाहरुमा समेत प्रभाव परेकाले यथाशिघ्र भेलुबाजे, उनलाई प्रोत्साहन गर्ने मिडिया र व्यक्तिहरुलाई समेत नियन्त्रण गरी सामाजिक अनुशासन र मर्यादा कायम गर्नु अनिवार्य छ ।’



    सामाजिक सञ्जालको माध्यमबाट छाडा शब्दहरु बोलेर र बोल्न लगाएर भाइरल हुने र बनाउने खालका अवाञ्छित गतिविधि नरोक्ने हो भने हाम्रा सामाजिक मुल्य र मान्यताहरुको गम्भीर दुर्घटना हुने भन्दै उनलाई प्रोत्साहन गर्ने मिडिया र व्यक्तिहरूलाई समेत नियन्त्रणमा लिई सामाजिक अनुशासन र मर्यादा कायम गर्न माग गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार