Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • दशैं आउन २९ दिन बाँकी, नयाँ नोट आजबाट बजारमा

    दशैं आउन २९ दिन बाँकी, नयाँ नोट आजबाट बजारमा

    अनलाइन नेपाल
  • सोमबार, २८ भाद्र २०७८
  • 2K
    SHARES

     

    काठमाडौं। नेपालीहरुको महान पर्व विजया दशमी अर्थात दशैं आउन अब २९ दिनमात्र बाँकी छ । असोज २९ गते फूलपाती परेको छ भने विजाया दशमी ३२ दिनपछि अर्थात २९ गते शुक्रबार परेको छ । त्यसैले नेपाल राष्ट्र बैंकले दशैं तिहारका लागि लक्षित गर्दै तीन अर्ब ६० करोड रुपैयाँ बराबरको नयाँ नोट बजारमा उपलब्ध गराएको छ ।



    राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका अनुसार कमर्सियल बैंकलेहरुको मागका आधारमा करिब महिना दिनअघि नै दशैंतिहार लक्षित नोट बजारमा पठाइएको हो। जसअनुसार आगामी असोज चार गतेदेखि सर्वसाधारणले नयाँ नोट सटही गर्न पाउने छन् ।



    नोट काठमाडौंमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय र कमर्सियल बैंकका सबै शाखाहरूबाट उपलब्ध गराइने बैंकले बताएको छ । यद्यपि,केही बैंकहरुले ढिला गरि नोट सटही गर्न पनि सक्ने नेपालको भनाइ छ ।

    एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँसम्म सटही गर्न सक्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार