Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    अनलाइन नेपाल
  • मंगलबार, २९ भाद्र २०७८
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।

    गत बुधबारदेखि सुरु भएको नवौं अधिवेशनमा प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर सदन अवरोध गर्दै आईरहेको छ ।संसदको अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक आयोजना गरे पनि एमालेले भने बहिष्कार गरेको थियो ।



    सर्वदलीय बैठक बहिष्कार गरेकाले एमालेले आजको बैठक पनि अवरोध गर्ने सम्भावना रहेको छ । यसअघिका बैठकमा अवरोधकै बीच सरकारले विभिन्न विधेयक पेस गरेको थियो।



    आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव राख्ने र शोकप्रस्तावसम्बन्धी कार्यसूची तय भएको सचिवालयले जनाएको छ।

    यस्तो छ सम्भावित कार्यसूचीः

    samsad.jpg

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार