Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ३१ स्थायी कमिटी सदस्यसहित नेकपा समाजवादीका पदाधिकारी चयन(सूचीसहित)

    ३१ स्थायी कमिटी सदस्यसहित नेकपा समाजवादीका पदाधिकारी चयन(सूचीसहित)

    अनलाइन नेपाल
  • बिहिबार, ७ असोज २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाल चयन भएका छन् । बिहीबार बिहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको सचिवालयले जनाएको छ।

    यस्तै, उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् ।  उपमहासचिवमा डा विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन् ।



    यसैगरी सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठको नाम टुंगो लागेको सचिवालयले जनाएको हो।



    नेकपा एसको अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल छन् । त्यस्तै नेकपा एसको स्थायी कमिटीमा ३१ सदस्य रहने छन् ।

    मंगलबार देखि शुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार