Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • को हुन् रामकुमारी झाँक्री ? जो ओलीविरुद्ध डटेर नेकपा समाजवादीकी सचिव बनिन्

    को हुन् रामकुमारी झाँक्री ? जो ओलीविरुद्ध डटेर नेकपा समाजवादीकी सचिव बनिन्

    अनलाइन नेपाल
  • बिहिबार, ७ असोज २०७८
  • 1.6K
    SHARES

    निर्मल लामिछाने / विसं २०३४ सालमा गुल्मी जिल्लाको मयल पोखरी गाविस-१मा जन्मिएकी रामकुमारी झाँक्रीको बाबु आमाको नाम क्रमश: रत्नबहादुर र रनकुमारी हो।

    नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी-लेनिनवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्ष भइसकेकी उनी हाल प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीको तर्फबाट सांसद छिन् ।



    २०६६ माघ २९ मा धनकुटाका पशुपतिबाबु पुरीसँग विवाह गरेकी झाँक्री नेकपा एमालेभित्र चर्किरहेको द्वन्दका बेला पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालको दाहिने हात बनेकी थिइन्।



    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक गत पुषमा प्रतिनिधिसभा विघटन गरेपश्चात ओलीसँग रुष्ट बनेकी झाँक्रीले त्यसविरूद्द आवाज उठाएर नेपाल पक्षको खम्बाका रुपमा उभिएकी थिइन्।

    विद्यार्थी जीबनदेखि राजनीतिमा लागेकी उनी पार्टी भित्र खरो वक्ताका रुपमा चिनिदै आएकी छिन्, उसो त उनमा भएको निडरता र सत्यको पक्षमा आवाज उठाउन पछि नहट्ने स्वभावले नै गर्दा लाखौं युवा युवतीहरु उनको फ्यान फलोअर्समा रहेका छन्।

    पछिल्ला दिनहरुमा प्रतिनिधिसभा विघटनपश्चात सडकमा शक्ति प्रदर्शन गर्नेदेखि लिएर संघर्षका अनेकौं कार्यक्रमहरुमा अग्रपंक्तिमा खटिने झाँक्री केही महिनाअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बालकोट (ओली निवास) पुर्याउछौं भनेपछि प्रहरी हिरासतमा समेत पुगेकी थिइन्।

    उतिबेला ओलीले गरेको असंबैधानिक कदमविरुद्द संघर्ष गर्दै आएको माधव पक्षले अन्तत नेकपा एकीकृत समाजवादी दर्ता गर्यो । एमाले विवादका बेला नेपाल पक्षमा लागेका नेताहरु भने अन्त्यमा नेपालको साथ छाड्दै ओलीतिर लागेका थिए । तर, झाँक्रीले पार्टी दर्ताका समयमा निर्वाचन आयोगमा नेपाललाई डोर्याएर भित्र पुर्याएपछि उनका समर्थकहरुले मुक्तकण्ठले प्रशंसा गरेका थिए।

    उनै झाँक्री यतिबेला नेकपा एसकी सचिव चयन भएकी छिन् । बिहीबार बसेको नेकपा एसको सचिवालय बैठकले झाँक्रीलगायत सचिवहरुमा जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठलाई चयन गरेको छ।

    यस्तै पार्टीको महासचिवमा बेदुराम भुसाल चयन भएको सचिवालयले जनाएको छ। यस्तै सरकारमा सहभागी हुने तयारीमा रहेको यस पार्टीबाट मन्त्री बन्नेहरुको लिष्टमै झाँक्रीको नाम रहेको स्रोतको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार