Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • साफ च्याम्पियनसीप : माल्दिभ्सले बलियो टोली बंगलादेशलाई हरायो, नेपाललाई फाइदा

    साफ च्याम्पियनसीप : माल्दिभ्सले बलियो टोली बंगलादेशलाई हरायो, नेपाललाई फाइदा

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असोज २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । साफ च्याम्पियनसीप अन्तर्गतको खेलमा आयोजक माल्दिभ्सले बलियो टोली बंगलादेशलाई पराजित गरेको छ। बिहीबार राति भएको खेलमा माल्दिभ्सले बंगलादेशलाई २–० गोलले हराएको हो।

    प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुबै टोलीले केही साना अवसरहरु सिर्जना गरेपनि गतिलो आक्रमण बुन्न सकेका थिएनन्। खेलको दोस्रो हाफमा भने माल्दिभ्सले सुधारिएको प्रदर्शन गरेको थियो।



    बलमा राम्रो पकड बनाएको माल्दिभ्सले ५५ औं मिनेटमा शुरुवाती अग्रता बनाएको थियो। उसका लागि हाम्जा मोहमेदले गोल गरेका थिए। त्यस्तै खेलको ७४ औं मिनेटमा माल्दिभ्सले पेनाल्टी पायो। अलि अशफावले गोल गर्दै टोलीको जित पक्का गरे।



    बिहीबार नै भएको पहिलो खेलमा भारत र श्रीलंकाले गोलरहित बराबरी खेलेका थिए। आफूले खेलेको दुबै खेलमा जित निकालेको नेपाल अंक तालिकाको शीर्षस्थानमा छ। बंगलादेश ४ अंकका साथ दोस्रो स्थानमा छ भने माल्दिभ्स ३ अंकका साथ तेस्रो स्थानमा छ। भारत २ अंकका साथ चौथो स्थानमा छ।

    नेपालले समूहमा २ खेल खेल्न बाँकी छ। आइतबार भारतसँग खेल्ने नेपालले उक्त खेलमा बराबरी मात्र गरेमा पनि फाइनल पुग्नेछ। सो खेलमा पराजित भएपनि बुधबार हुने खेलमा बंगलादेशलाई हराएमा वा बराबरी गरेमा पनि नेपाल फाइनल पुग्नेछ। दुबै खेलमा नेपाल पराजित भएमा भने अन्य खेलको नजितामा भर पर्नेछ। त्यस्तो अवस्थामा फाइनल पुग्न कठिन हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार