Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • साफ च्याम्पियनसीप : भारतलाई अर्को धक्का, श्रीलंकासँग पनि बराबरी

    साफ च्याम्पियनसीप : भारतलाई अर्को धक्का, श्रीलंकासँग पनि बराबरी

    अनलाइन नेपाल
  • बिहिबार, २१ असोज २०७८
  • 1.7K
    SHARES

    काठमाडौं – साफ च्याम्पियनसीप अन्तर्गतको खेलमा भारत र श्रीलंकाले बराबरी खेलेका छन्। बिहीबार साँझ सम्पन्न खेलका दुबै टोलीले गोलरहित बराबरी खेलेका हुन्।

    प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा भारतले बलमा राम्रो पकड बनाएपनि गतिलो आक्रमण बुन्न सकेन। पहिलो हाफमा दुबै टोलीले गोलका लागि राम्रो अवसर सिर्जन गर्न सकेनन्।



    दोस्रो हाफमा भने भारतले सुधारिएको प्रदर्शन गरेको थियो। गोलका लागि लगातार प्रहार गरेपनि भारतले गतिलो शट भने प्रहार गर्ने सकेन। खेलमा सबै कुराले श्रीलंकाभन्दा अब्बल प्रदर्शन गरेको भारतले श्रीलंकाको डिफेन्स लाइनलाई तोड्न सकेन।



    श्रीलंकाले रक्षात्मक खेल प्रस्तुत गरेको थियो। गोलका लागि ठूलो अवसर बनाउन नसकेपनि भारससँग गोल नखाने रणनीतिमा श्रीलंका देखिएको थियो।

    प्रतियोगितामा भारतको यो दोस्रो बराबरी हो। उपाधि दाबेदार भारतले आफ्नो पहिलो खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो।

    हाल नेपाल २ खेलबाट शतप्रतिशत जित निकाल्दै ६ अंकका साथ तालिकाको शीर्षस्थानमा छ। बंगलादेश ४ अंकका साथ दोस्रो स्थानमा रहँदा भारत २ अंकका साथ तेस्रो स्थानमा छ। आजै हुने दोस्रो खेलमा बंगलादेश र माल्दिभ्स भिड्दैछन्। खेल राति ९ः४५ बजे शुरु हुनेछ।

    राउन्ड रोबिनका आधारमा जारी लिगको शीर्ष २ टोलीले उपाधिका लागि फाइनल खेल खेल्नेछन्। नेपालको खेल भने आइतबार भारसँग रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार