Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • साफ च्याम्पियनसीप फाइनल : नेपालविरुद्ध बंगलादेशकाे दुई गोल

    साफ च्याम्पियनसीप फाइनल : नेपालविरुद्ध बंगलादेशकाे दुई गोल

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 666
    SHARES

    काठमाडौं । महिला साफ च्याम्पियनसीपको फाइनलमा नेपाल मध्यान्तरअघि नै दुई गोलले पछि परेको छ ।

    अत्यन्त प्रतिस्पर्धात्मक खेलमा बंगलादेशले १३ औं मिनेटमा पहिलो गोल गरेको थियो भने ४२ औं मिनेटमा दोस्रो गोल थप्यो ।



    खेलको ३६औँ मिनेटमा अनिता बस्नेतले प्रहार गरेको फ्रिकिक बंगलादेशकी गोलकिपर रुप्ना चक्माले मुस्किलले बचाएपछि नेपालले १–१ गोलको बराबरी बनाउने मौका गुमाएको थियो । लगत्तै नेपालले कर्नर पाएको थियो । अनिता बस्नेतले नै प्रहार गरेको कर्नर बंगालदेशका खेलाडीले गोल लाइनबाट बचाएका थिए ।



    खेलको ४१ औँ मिनेटमा बंगलादेशले गोल गर्दै अग्रता दोब्बर बनायो । बंगलादेशकी श्रीमोति कृष्नारानीले गोल गरेपछि बंगलादेश पहिलो हाफमा २–० गोलको अग्रता लिएको हो ।

    नेपाल यो पटक बंगलादेशलाई हराएर ऐतिहासिक सफलता प्राप्त गर्ने योजनामा भएपनि पहिलो हाफमै दुई गोल खाएपछि दवावमा परेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार