Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अवैध बाटो हुँदै अमेरिका छिर्न लागेका १२६ जना ग्वाटेमालामा समातिए

    अवैध बाटो हुँदै अमेरिका छिर्न लागेका १२६ जना ग्वाटेमालामा समातिए

    अनलाइन नेपाल
  • आइतबार, २४ असोज २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । अबैध रुपमा मेक्सीको हुँदै अमेरिका प्रवेश गर्न खोजेका १२६ जना आप्रवासीलाई ग्वाटेमाला प्रहरीले उद्दार गरेको छ । सडकछेउको कन्टेनरबाट नेपालीसहित १२६ जना आप्रवासीहरुलाई प्रहरीले उद्दार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।

    ग्वाटेमालाको नुएभा कन्सेप्सन र कोकालेस सहरको बीच क्षेत्रमा उनीहरु भेटिएका थिए । ट्रेलरभित्र उनीहरु चिच्याएको आवाज सुनेपछि प्रहरीले उद्दार गरेको समाचारमा उल्लेख छ ।



    अधिकारीहरुका अनुसार उनीहरुलाई मेक्सिको हुँदै अमेरिका लैजाने भनेर एजेन्टहरुले बाटोमै छाडिदिएका थिए । उक्त समूहमा अधिकांश संकटग्रस्त मुलुक हैटीका नागरिक थिए । साथै नेपाल र घानाका नागरिक पनि अवैध बाटो हुँदै अमेरिका प्रयासमा रहेको बुझिएको छ ।



    तर समूहमा कति नेपाली नागरिक कति छन् भन्ने यकिन छैन । प्रहरी अधिकारीले आफूहरुले कन्टेनरभित्र कराइरहेको सुनेको र ढोका खोल्दा १२६ जना कागजात नभएका मानिस भेटिएको प्रतिक्रिया दिएका छन् ।

    अधिकारीहरुका अनुसार आप्रवासीहरुलाई सेल्टरमा राख्नुअघि उनीहरु सबैको प्राथमिक उपचार समेत गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार