Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अस्ट्रियामाथि १–० को जीत निकाल्दै डेनमार्क पनि विश्वकपमा छनोट

    अस्ट्रियामाथि १–० को जीत निकाल्दै डेनमार्क पनि विश्वकपमा छनोट

    अनलाइन नेपाल
  • बुधबार, २७ असोज २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा छनोट हुने डेनमार्क दोस्रो युरोपेली टोली बनेको छ । समूह एफमा रहेको डेनमार्कले मंगलबार अस्ट्रियामाथि १–० को जीत हासिल गर्दै प्रतियोगितामा स्थान पक्का गरेको हो ।

    जुआकिम माहलेले ५३ औँ मिनेटमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । टोलीको यो छनोट खेलहरूमा लगातार सातौँ जीत थियो भने टोली हालसम्म अपराजित रहेको छ । यसअघि, सोमबार जर्मनी विश्वकपमा स्थान पक्का गर्ने पहिलो युरोपेली टोली बनेको थियो ।



    शीर्ष स्थानमा रहेको डेनमार्क दोस्रो स्थानमा रहेको स्कटल्याण्डभन्दा ७ अंकले अघि रहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार