Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • विजया दशमीको टीकासँगै मान्यजनकहाँ आशीर्वाद लिन जानेको चहलपहल

    विजया दशमीको टीकासँगै मान्यजनकहाँ आशीर्वाद लिन जानेको चहलपहल

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असोज २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । बडादसैँको मुख्य दिन विजयादशमीका अवसरमा आज बिहानको साइतमा घर घरमा मान्यजनबाट टीका, जमरा ग्रहण गरी अन्य ठूलाबडाका आशीर्वाद लिन जानेको चहलपहल देखिन थालेको छ ।

    घरमा टीका, जमरा ग्रहण गरेर मामाघर, ससुरालीलगायत आफूभन्दा ठूला मान्छेको हातबाट टीका थाप्न जानेको चहलपहल सडक एवं सार्वजनिक यातायातमा देखिन थालेको छ । यो सँगै महाअष्टमी र महानवमीमा सुनसान भएको राजधानीमा सार्वजनिक र निजी यातायात केही बढी गुड्न थालेका छन् ।



    आजदेखि कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक २ गतेसम्म टाढा टाढा रहेका मान्यजनकहाँ पुगी नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा ग्रहण गर्ने क्रम जारी रहन्छ । त्यसै दिन सबै बलि पूर्ति भएपछि टीका लगाउने क्रम अन्त्य हुन्छ ।



    कोजाग्रत पूर्णिमाका अवसरमा त्यस दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो बडादसैँ अर्थात् दुर्गा पक्ष समाप्त हुन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार