Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • चीनले दुई महिना अघि अन्तरिक्षबाटै गरेको मिसाइल परीक्षणको पत्तो पाउन नसकेको अमेरिका चिन्तामा

    चीनले दुई महिना अघि अन्तरिक्षबाटै गरेको मिसाइल परीक्षणको पत्तो पाउन नसकेको अमेरिका चिन्तामा

    अनलाइन नेपाल
  • सोमबार, १ कार्तिक २०७८
  • 2.2K
    SHARES

    एजेन्सी । चीनले परमाणु क्षमताले समेत सुसज्जित रहेको एक नयाँ हाइपरसोनिक मिसाइल परीक्षण गरेपछि अमेरिकामाथि चिन्ता थपिएको छ ।

    रिपोर्टहरुमा यो मिसाइलको परीक्षण अन्तरिक्षबाट भएको उल्लेख गरिएपछि पत्तो नै पाउन नसकेको अमेरिकी खुफिया एजेन्सी नै हैरान बनेको समाचारमा उल्लेख छ ।



    बेलायती पत्रिका फाइनान्सियल टाइम्सका अनुसार चीनले यो परीक्षण गत अगस्टमा नै गरेको थियो । तर, यसबारे कसैले जानकारी नै पाएनन् । रिपोर्टका अनुसार हाइपरसोनिक हतियारको मामिलाको चीनको विकास देखेर अमेरिकी खुफिया एजेन्सी नै हैरान बनेको छ ।



    चीनबाहेक अमेरिका, रुस र उत्तर कोरिया समेत चार देश हाइपरसोनिक प्रविधिमा काम गरिरहेका छन् । बालिस्टिक मिसाइल जस्तै हाइपरसोनिक मिसाइल पनि परमाणु हतियारयुक्त हुन्छन् र यो ध्वनिको गतिभन्दा पाँच गुणा तीव्र रफ्तारले उड्न सक्छन् ।

    बालिस्टिक मिसाइलको तुलनामा हाइपरसोनिक मिसाइल तीव्र गतिमा लक्ष्यमा प्रहार गर्न सक्छन् । यति मात्र होइन हाइपरसोनिक मिसाइललाई ट्रयाक गर्न र यसबाट बच्न पनि निकै कठिन हुने बताइन्छ ।

    अमेरिकाजस्ता केही देशले बालिस्टिक मिसाइल र क्रूज मिसाइलविरुद्ध रक्षात्मक प्रणाली विकसित गरिसकेका छन् । तर हाइपरसोनिक मिसाइललाई ट्रयाक गर्ने र यिनीहरूलाई ध्वस्त पार्ने क्षमताबारे केही भन्न सक्ने अवस्था छैन ।– बीबीसी हिन्दी

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार