Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • चिया खाने बहानामा घर बोलाएर मुखभित्र जिब्रो घुसायो

    चिया खाने बहानामा घर बोलाएर मुखभित्र जिब्रो घुसायो

    अनलाइन नेपाल
  • बुधबार, १० कार्तिक २०७८
  • 2.3K
    SHARES

    एजेन्सी । अमेरिकी डेमोक्रयाटिक पार्टी नेतृ तथा पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनकी एक निकट सहयोगीले एक राजनीतिज्ञ (सिनेटर)ले आफूलाई यौन दुर्व्यवहार गरेको खुलासा गरेकी छिन् ।

    हिलारीकी सहयोगी हुमा अबेदिनले आफ्नो पुस्तक बोथ / एन्डः अ लाइफ इन मेनी वल्डसमा यस्तो आरोप लगाएकी हुन् । उनले भनेको घटना आजभन्दा २१ वर्ष पहिलेको हो जतिबेला सन् २००० को मध्येतिर आफूलाई ती व्यक्तिले घरमा बोलाएर सोफामा यौन दुर्व्यबहार गरेको बताएकी हुन् ।



    उनले सोफामा आफूसँग टाँसिएर सिनेटरले चुम्बन गर्न खोजेको र आफू घरबाट भागेको आरोप लगाएकी छिन् । चिया खाने क्रममा सिनेटरले गरेको दुर्व्यबहारलाई उनले आफ्नो पुस्तकमा यसरी उल्लेख गरेकी छिन्, ‘उसले मतर्फ तन्किएर मेरो काँधमाथि वायाँ हात राख्यो र चुम्बन गर्‍यो र मेरो मुखभित्र जिब्रो राखेर यौन दुर्व्यबहार गर्‍यो ।’



    हुमा हिलारीकी नजिकको विश्वास पात्र हुन् । हुमालाई क्लिन्टनले एक पटक आफ्नो दोस्रो छोरी भनेकी थिइन् । ४५ वर्षीया हुमाले दुर्व्यबहार गर्ने सिनेटरको नाम र पार्टीमा उनको आबद्धताबारे केही खुलाएकी छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार