Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • फुटबल खेलाडीलाई सम्मान गर्दै गृहमन्त्रीले भने, ‘विजयी भएर आउनुहोस् सरकारले सुशोभित गर्नेछ’

    फुटबल खेलाडीलाई सम्मान गर्दै गृहमन्त्रीले भने, ‘विजयी भएर आउनुहोस् सरकारले सुशोभित गर्नेछ’

    अनलाइन नेपाल
  • बुधबार, १० कार्तिक २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अन्तर्राष्ट्रिय खेलमा विजयी भएर आए खेलाडी तथा खेल व्यवस्थापक टोलीलाई राष्ट्रियरुपमा तक्मा दिएर सुशोभित गर्ने बताएका छन् ।

    राजधानीमा आज साफ च्याम्पियनसिप २०२१ मा सहभागी नेपाली राष्ट्रिय फुटबल खेलाडीलाई सम्मान गर्दै गृहमन्त्री खाँणले नेपाली फुटबल टिमका क्याप्टेन किरण चेम्जोङलाई तक्मा दिन चाहेको कुरा आफैँले फोन गरेर भनेको सुनाए ।



    सम्मान समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले भने, “अर्काे पटक नेपाली फुटबल टिम विजयी भएर आयो भने सबै सदस्य र व्यवस्थापकलाई राष्ट्रिय तक्माबाट सुशोभित गर्नेछौँ ।”



    गएको असोज ३० मा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाली फुटबल टोली उपविजेता बन्न सफल भएको थियो । विगत २८ वर्षको इतिहासमा पहिलोपटक नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो । फाइनलमा नेपाल भारतसँग ३–० गोलले पराजित भएपछि उपविजेतामा चित्त बुझाएको थियो ।

    नेपाली कांग्रेस तरुण विभाग केन्द्रीय समितिद्वारा आयोजित ती खेलाडीका लागि उक्त सम्मान समारोहमा मन्त्री खाँडले सरकारले बजेटका सीमितताका बीच साफ च्याम्पियनसिपमा सहभागी प्रतिखेलाडीलाई रु पाँच लाख र टिम व्यवस्थापकलाई रु तीन लाख दिने घोषणा गरेको जानकारी पनि दिए । “यसले खेलाडीलाई हौसला प्रदान गरिएको हो, यसले नेपालको खेल क्षेत्रलाई माथि उठाउन प्रोत्साहन मिल्ने विश्वास छ”, गृहमन्त्रीले भने ।

    समारोहमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीको सम्मानको सुरुआत आजबाट भएकोमा खुशी व्यक्त गर्दै मुलुकमा आफूले फुटबलको नेतृत्व गरे पनि सन्तुष्टि हुने ठाउँ नरहेको बताए । उनले फुटबलको पूर्वाधार विकासमा नेपाल कमजोर रहेकाले अन्तर्राष्ट्रियस्तरका खेल मैदान र खेल क्षेत्रमा बजेटको उचित प्रबन्ध गर्न सरकारसँग आग्रह गरे ।

    खेलाडी सुजल श्रेष्ठले नेपालीको माया र सहयोगले नै नेपाली फुटबल यहाँसम्म पुगेको बताउँदै अझै हौसलाको खाँचो रहेको बताए । उक्त समारोहम नेपालमा उपलब्ध खेलाडी र खेल व्यवस्थापकलाई नगदसहित सम्मान गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार