Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ब्राजिलमा १० इन्चको पुच्छर भएको बच्चा जन्मियो !

    ब्राजिलमा १० इन्चको पुच्छर भएको बच्चा जन्मियो !

    अनलाइन नेपाल
  • सोमबार, २२ कार्तिक २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । ब्राजिलमा पुच्छर भएको बच्चा जन्मिएको छ। उक्त बच्चाको पुच्छर ४ इन्च अर्थात १०.१६ सेन्टिमिटर लामो रहेको बताइएको छ ।

    डेली मिररमा प्रकाशित एक रिपोर्टअनुसार बच्चा जन्माउने डाक्टरहरु पनि यो दुर्लभ घटना देखेर आश्चर्यमा परेका थिए ।



    उक्त बच्चा मानव पुच्छरसहित जन्मिएको थियो र पुच्छरको छेउ कुनै क्रिकेट बलजस्तो डल्लो थियो ।



    रिपोर्टअनुसार यो बच्चा ब्राजिलको अल्बर्ट साबिन चिल्ड्रेन हस्पिटलमा जन्मिएको हो । डाक्टरको टिमले शल्यक्रिया गरेर पुच्छरलाई सफलतापूर्वक हटाएका छन्।

    डाक्टरहरुका अनुसार गर्भमा बच्चाको भ्रुणमा एउटा पुच्छर विकसित हुन्छ तर पछि यो सामान्य रुपले शरीरमा हराउँछ । केही निकै दुर्लभ केसमा मात्र पुच्छर बढ्छ ।

    रिपोर्टका अनुसार अहिलेसम्म बिना हड्डीको पुच्छरसहित विश्वभरीमा ४० बच्चा जन्मिएका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार