Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • माओवादी केन्द्रीय समितिको बैठक बस्दै, एजेण्डा के ?

    माओवादी केन्द्रीय समितिको बैठक बस्दै, एजेण्डा के ?

    अनलाइन नेपाल
  • शुक्रबार, २६ कार्तिक २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दैछ ।

    विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो ।



    बैठक भर्चुअल माध्यमबाट साँझ ६ बजे बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । पार्टी कामका सिलसिलामा केन्द्रीय सदस्यहरू उपत्यका बाहिर रहेका कारण भर्चुअलरूपमा बैठक बस्न लागेको उनले बताए ।



    सदस्यता विस्तार, नवीकरणलगायत साङ्गठनिक सुदृढीकरणमा माओवादी केन्द्रित भएको छ । राष्ट्रिय सम्मेलनको तयारीस्वरुप सो पार्टीले वडा, पालिका र प्रदेश सम्मेलनको तयारी तीव्र पारेको छ ।

    आगामी पुस ११ देखि १३ सम्म माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार