Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • चोलेन्द्रविरुद्ध निर्णायक आन्दोलन गर्दै बार एसोसियसन, आन्दोलनका थप कार्यक्रम घोषणा

    चोलेन्द्रविरुद्ध निर्णायक आन्दोलन गर्दै बार एसोसियसन, आन्दोलनका थप कार्यक्रम घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, ३० कार्तिक २०७८
  • 1.4K
    SHARES

    काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वार्ताको नाममा राजिनामा टार्न खोजेपछि  नेपाल बार एसोसियसनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । मंगलबार साँझ बसेको बार कार्यसमितिको बैठकले आगामी शुक्रबारसम्मका लागि आन्दोलनको कार्यक्रम थप गरेको हो ।

    नेपाल बार एसोसियसनले  सर्वोच्च अदालतअगाडिको धर्ना प्रदर्शनलाई निरन्तरता दिँदै देशभरका १८ वटा उच्च अदालतमा समेत विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । शुक्रबारसम्म प्रधानन्यायाधीश जबराको राजीनामा नआए केन्द्रीय प्रतिनिधि पठाएर उच्च अदालतहरूमा विरोध प्रदर्शन गर्ने पनि निर्णय भएको छ ।



    नेपाल बार एसोसियसनले  मंसिर ३ गते  संसदमा रहेका सबै दलहरूको कार्यालयमा ज्ञापनपत्र बुझाउने जनाएको छ ।



    यस्तै, नेपाल बारले प्रधानन्यायाधीशविना संबैधानिक परिषद्को बैठक बोलाएर अदालतमा देखिएको समस्या हल गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

    यस्तै, जबराले अहिलेसम्म गरेका विवादित फैसलासम्बन्धी कागजपत्र संकलन गरी अध्ययन गर्ने निर्णय पनि गरेको छ ।

    नेपाल बारले आन्दोलनमा कालो कोट लगाएका राजनीतिक दलका कार्यकर्ताको घुसपैठ भएको भन्ने समाचारमा कुनै सत्यता नभएको वताएको छ । यस्ता भ्रामक समाचारमा विश्वास नगर्न बारले अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार