Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप दिइने

    आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप दिइने

    अनलाइन नेपाल
  • आइतबार, ५ मंसिर २०७८
  • 981
    SHARES

    फाइल फोटो

    काठमाडौँ । कार्तिक २८ गतेदेखि हिजोसम्म दीर्घ रोगीलाई दिईदै आएको कोभिडविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिन थालिएको छ।

    स्वास्थ्य सेवा विभाग खोप शाखाका अनुसार दीर्घ रोगीहरुलाई दिएर बाँकी रहेको खोप आजबाट १२ वर्ष देखि १७ वर्ष उमेर समुहका सर्वसाधारण बालबालिकालाई दिन थलिएको हो।



    खोप खाका अनुसार करिब सय बालबालिकालाई पुग्ने खोप मौज्जात रहेको छ।



    कोभ्याक्स सुविधा अन्तरगर्त नेपालले प्राप्त गरेको एक लाख ६२० डोज खोप काठमाडौँ उपत्यकामा ८ र बाहिर १६ वटा गरी कुल २४ वटा अस्पतालमा केन्द्र तोकि गत २८ कात्तिक देखि लगाउन सुरु गरिएको थियो।

    यसको दोस्रो मात्रा ४ साता पछि अर्थात २७ मंसिर देखि २ पुस सम्मका लागि तय गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार