Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • दिनदिनै बढ्दैछ चिसो, आज वर्षा र हिमपातको सम्भावना

    दिनदिनै बढ्दैछ चिसो, आज वर्षा र हिमपातको सम्भावना

    अनलाइन नेपाल
  • सोमबार, ६ मंसिर २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौं लगायत देशभर नै दिनप्रतिदिन चिसो बढ्दै गएको छ । चिसो बढीरहेको यस्तो अवस्थामा वर्षा र हिमपातको सम्भावना पनि बढ्दै गएको छ । जसले गर्दा चिसो झन बढ्ने देखिन्छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ लगायत अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागको एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।



    त्यसैगरी प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक’दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।



    राति प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली रहनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार