Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सुडान मिसनबाट फिर्ता भएको प्रहरी टोलीलाई स्वागत

    सुडान मिसनबाट फिर्ता भएको प्रहरी टोलीलाई स्वागत

    अनलाइन नेपाल
  • बुधबार, ८ मंसिर २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित एफपियु यूनामिड मिसन १७औं कन्टिन्जेन्टमा खटिई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फिर्ता भएको प्रहरी टोलीलाई स्वागत गरेका छन् ।

    बुधबार प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमकाबीच निमित्त आईजीपी शाहीले स्वदेश फिर्ता भएको टोलीलाई स्वागत गरेका हुन्।



    स्वागत कार्यक्रममा निमित्त प्रहरी महानिरीक्षक शाहीले संयुक्त राष्ट्र संघीय मिसनमा रहँदा मिसनको म्यान्डेट एवं संगठनले दिएको जिम्मेवारी उच्च कार्यकुशलता प्रदर्शन गर्दै अनुसाशित रुपले सम्पन्न गरी देश र प्रहरी संगठनको छविलाई उच्च बनाउने कार्य गरेको विश्वास व्यक्त गरे ।



    निमित्त प्रहरी महानिरीक्षक शाहीले मिसनमा रहेको अवस्थामा स्वदेशमा भएका गतिविधि, संगठनले लिएको नयाँ नीति, निर्देशन एवं भावी कार्ययोजना लगायतलाई अध्ययन गरी आफ्नो कार्यक्षेत्रमा खटिँदा थप व्यावसायिक र अनुसाशित भएर जिम्मेवारी वहन गर्न निर्देशन दिए । आगामी दिनमा समेत आफ्नो स्वार्थलाई पछाडि राखेर संगठनको छविलाई अझ उच्च बनाउनेतर्फ अग्रसर हुनुपर्नेमा उनले जोड दिए।

    सो अवसरमा उक्त टोलीका कन्टिन्जेन्ट कमाण्डर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेन्द्र प्रसाद मैनालीले मिसनमा गरेका कार्यप्रगति विवरण सहितको प्रतिवेदन प्रस्तुत गर्दै कन्टिन्जेन्टमा खटिएका १ सय ८० जना मध्ये ९६ जना गत जेठमा स्वदेश फर्केको, १ जना प्रहरी कार्यालय सहयोगी उमेश कुमार मेहत्तरले वीरगति प्राप्त गरेको र ८३ जना हालै स्वदेश फर्किएको जानकारी दिए ।

    टोलीमा १ सय ४४ जना पुरुष र ३६ जना महिलाको सहभागिता रहेको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, प्रहरी नायव महानिरीक्षकहरु लागायत वरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार