Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ठमेलको क्लब फरेनहाइटमा ‘द राजा कुमारी’को कन्सर्ट

    ठमेलको क्लब फरेनहाइटमा ‘द राजा कुमारी’को कन्सर्ट

    अनलाइन नेपाल
  • शुक्रबार, १० मंसिर २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । काठमाडौंको ठमेलमा रहेको क्लब फरेनहाइटमा इन्डियन–अमेरिकन र्‍यापर ‘द राजा कुमारी’को भव्य कन्सर्ट आयोजना हुने भएको छ ।

    डिसेम्बर ४ मा हुने कन्सर्टमा सहभागी हुन राजा कुमारी डिसेम्बर ३ मा दिल्ली हुँदै नेपाल आउने क्लव फोरेनहाइटका सञ्चालक सोनाम शेर्पाले अनलाईन नेपाललाई जानकारी दिए ।



    अमेरिकामा विज खलिफा जस्ता चर्चित र्‍यापरसँग स्टेज शेयर गरिसकेकी राजा कुमारी ग्रामी अवार्डमा समेत नोमिनेसनमा परिसकेकी छन् ।



    राजा कुमारीलाई नेपाल ल्याउँदा विश्वमा नेपाल कोरोनाको कहरबाट मुक्त हुँदै गएको सन्देश पुग्ने र यहाँको व्यापार व्यवसायलाई समेत फाइदा पुग्ने सञ्चालक शेर्पाको भनाई छ ।

    कन्सर्ट हेर्नका लागि दर्शकले १ हजार र २ हजारका टिकट खरिद गर्न सक्ने क्लवले जनाएको छ । नेपालमा समेत राजा कुमारीका युवा फ्यान धेरै भएकाले उनलाई नेपाल ल्याउन लागिएको क्लब फरेनहाइटका सीइओ मिलन श्रेष्ठले बताए ।

    ठमेलको पर्यटन क्षेत्र विस्तारका लागि पनि यो कन्सर्ट आयोेजना गर्न लागेको श्रेष्ठको भनाई छ । क्लब फरेनहाइटले यसअघि भारतका चर्चित कलाकारहरु आदित्यनारायण झा, टोनी कक्कड लगायतले प्रस्तुति दिइसकेका छन् ।

    लामो समयदेखिको कोरोना कहरका कारण घरमै खुम्चिएका युवा पुस्ताका लागि यस्ता कन्सर्ट फलदायी सावित हुन शेर्पाको दावी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार