Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पशुपतिनाथको दर्शन गरिन् राजा कुमारीले

    पशुपतिनाथको दर्शन गरिन् राजा कुमारीले

    अनलाइन नेपाल
  • शनिबार, १८ मंसिर २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ । चर्चित भारतीय-अमेरिकी र्यापर ‘द राजा कुमारी’ले पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छिन् ।

    काठमाडौंको ठमेलमा रहेको क्लब फरेनहाइटमा आज साँझ हुने कन्सर्टमा सहभागी हुन राजा कुमारी शुक्रबार दिल्लीबाट काठमाडौँ आएकी थिइन् ।



    राजा कुमारीलाई क्लब फरेनहाइट सञ्चालक सोनाम शेर्पाले नेपाल ल्याएका हुन् । शुक्रबार काठमाडौँ आएकी राजा कुमारीले शनिबार बिहान पशुपतिको दर्शन गरेकी हुन्।



    अमेरिकामा विज खलिफा जस्ता चर्चित र्‍यापरसँग स्टेज शेयर गरिसकेकी राजा कुमारी ग्रामी अवार्डमा समेत नोमिनेसनमा परिसकेकी छन् ।

    राजा कुमारीलाई नेपाल ल्याउँदा विश्वमा नेपाल कोरोनाको कहरबाट मुक्त हुँदै गएको सन्देश पुग्ने र यहाँको व्यापार व्यवसायलाई समेत फाइदा पुग्ने सञ्चालक शेर्पाको भनाई छ ।

    कन्सर्ट हेर्नका लागि दर्शकले १ हजार र २ हजारका टिकट खरिद गर्न सक्ने क्लवले जनाएको छ । नेपालमा समेत राजा कुमारीका युवा फ्यान धेरै भएकाले उनलाई नेपाल ल्याइएको शेर्पाले बताए ।

    ठमेलको पर्यटन क्षेत्र विस्तारका लागि पनि यो कन्सर्ट आयोेजना गर्न लागिएको हो । क्लब फरेनहाइटमा यसअघि भारतका चर्चित कलाकारहरु आदित्यनारायण झा, टोनी कक्कड लगायतले प्रस्तुति दिइसकेका छन् ।

    लामो समयदेखिको कोरोना कहरका कारण घरमै खुम्चिएका युवा पुस्ताका लागि यस्ता कन्सर्ट फलदायी सावित हुने संचालक शेर्पाको दावी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार