Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • चर्चित र्‍यापर राजा कुमारी काठमाडौँ ओर्लीइन् , भोलि क्लब फरेनहाइटमा धमाका मच्चाउने

    चर्चित र्‍यापर राजा कुमारी काठमाडौँ ओर्लीइन् , भोलि क्लब फरेनहाइटमा धमाका मच्चाउने

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 3.7K
    SHARES

    काठमाडौं । चर्चित भारतीय-अमेरिकी र्यापर ‘द राजा कुमारी’ नेपाल आइपुगेकी छिन्।

    काठमाडौंको ठमेलमा रहेको क्लब फरेनहाइटमा डिसेम्बर ४ मा हुने कन्सर्टमा सहभागी हुन राजा कुमारी दिल्लीबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गरेकी छन्।



    राजा कुमारीलाई क्लब फरेनहाइट सञ्चालक सोनाम शेर्पाले नेपाल ल्याएका हुन्। शेर्पाले राजा कुमारीसंगैको तस्बिरहरु शेयर गरेका छन्।



    अमेरिकामा विज खलिफा जस्ता चर्चित र्‍यापरसँग स्टेज शेयर गरिसकेकी राजा कुमारी ग्रामी अवार्डमा समेत नोमिनेसनमा परिसकेकी छन् ।

    राजा कुमारीलाई नेपाल ल्याउँदा विश्वमा नेपाल कोरोनाको कहरबाट मुक्त हुँदै गएको सन्देश पुग्ने र यहाँको व्यापार व्यवसायलाई समेत फाइदा पुग्ने सञ्चालक शेर्पाको भनाई छ ।

    कन्सर्ट हेर्नका लागि दर्शकले १ हजार र २ हजारका टिकट खरिद गर्न सक्ने क्लवले जनाएको छ । नेपालमा समेत राजा कुमारीका युवा फ्यान धेरै भएकाले उनलाई नेपाल ल्याइएको शेर्पाले बताए ।

    ठमेलको पर्यटन क्षेत्र विस्तारका लागि पनि यो कन्सर्ट आयोेजना गर्न लागिएको हो । क्लब फरेनहाइटमा यसअघि भारतका चर्चित कलाकारहरु आदित्यनारायण झा, टोनी कक्कड लगायतले प्रस्तुति दिइसकेका छन् ।

    लामो समयदेखिको कोरोना कहरका कारण घरमै खुम्चिएका युवा पुस्ताका लागि यस्ता कन्सर्ट फलदायी सावित हुने संचालक शेर्पाको दावी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार