Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भारतमा कार दुर्घटना हुँदा एकै अस्पतालका ५ कर्मचारीको मृत्यु

    भारतमा कार दुर्घटना हुँदा एकै अस्पतालका ५ कर्मचारीको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    एजेन्सी । उत्तरी भारतको हरियाणा राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा निजी अस्पतालका पाँच कर्मचारीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

    भारतको राजधानी दिल्लीको बाहिरी भागमा रहेको गुरुग्राम जिल्लाको साधराना गाउँ नजिकै उक्त दुर्घटना भएको हो । सेक्टर ८४ स्थित जेनेसिस अस्पतालका ६ जना कर्मचारी अस्पताल फर्किंदै गर्दा स्थानीय समय अनुसार बिहान १ बजे दुर्घटना भएको हो ।



    हरसरु–साधराना सडकमा तीब्र गतिमा गुडिरहेको कार अनियन्त्रित भई इँटामा ठोक्किएर सडक छेउमा पल्टिएको स्थानीय समचार द ट्रिब्यूनले प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ । घाइते कर्मचारीलाई अस्पताल भर्ना गरिएको छ ।



    समाचारकाअनुसार पीडितहरू आफ्ना सहकर्मीको विवाह समारोहमा भाग लिएर अस्पताल जाँदै थिए । मृतकहरु विभिन्न राज्यका रहेको पत्रिकाले जनाएको छ ।

    ‘हामीले शवलाई शवगृहमा राखेका छौं र परिवारलाई जानकारी गराएका छौं। हामी यस विषयमा थप अनुसन्धान गरिरहेका छौं,’ प्रहरी अधिकारी राकेश कुमारलाई उद्धृत गर्दै अखबारले लेखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार