Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सर्वाधिक मतका साथ २४ वर्षीया शाह बने कांग्रेसको जिल्ला सदस्य

    सर्वाधिक मतका साथ २४ वर्षीया शाह बने कांग्रेसको जिल्ला सदस्य

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 1.1K
    SHARES

    मोरङ । नेपाली कांग्रेस मोरङको जिल्ला सदस्यमा वीरेन्द्रकुमार शाह अत्यधिक मत ल्याएर विजयी भएका छन् । सबैभन्दा कान्छा उम्मेदवार २४ वर्षीय शाह अत्यधिक १३१२ मत ल्याएर विजयी भएका हुन् ।

    समाजसेवासँगै राजनीतिमा होमिएका शाहलाई केही नेताहरूले बच्चै छस् भन्दै उम्मेदवारी नहाल्न भनिएको थियो । तर, राजनीतिमा लागेर केही गर्ने चाहाना बोकेका शाहले ‘आसपास’ शैलीमा लुकेर उम्मेदवारी दिएका थिए ।



    जितपछि शाहले आफ्नो सामाजिक उत्तरदायित्व बढेको बताएका छन्। पदको सही सदुपयोग गर्दै अझै धेरै संगठन निर्माणको काम गर्ने उनले जानकारी दिए । उम्मेदवारी दिँदा आफूले प्रस्तावक र समर्थकसमेत नभेटेको उनले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार