Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • कांग्रेस नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि मतदान, यस्तो छ निर्वाचन कार्यक्रम

    कांग्रेस नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि मतदान, यस्तो छ निर्वाचन कार्यक्रम

    अनलाइन नेपाल
  • बुधबार, २२ मंसिर २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार बिहान ८ बजेदेखि मतदान हुने भएको छ । आगामी शुक्रबार सुरु हुने महाधिवेशनको चौंथो तथा अन्तिम दिन मतदान हुने भएको हो ।

    कांग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको तालिका अनुसार २४ गते बिहानबाट निर्वाचन कार्यक्रम सुरु हुने छ ।



    बिहान १० बजे महाधिवेशन प्रतिनिधिहरुको नामवली प्रकाशन हुनेछ भने २५ गते उम्मदेवारको मनोनयन दर्ता गरिनेछ । मनोनयनपत्र फिर्ता लिनका लागि २६ गते बिहान ११ बजेसम्मको समय तोकिएको छ ।



    २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने छ । कांग्रेसको मतदान मेसिनबाट नभएर मतपत्रमा नै हुने भएको छ । मतदान समाप्त भएपछि सभापति पदको मतगणना थालिने छ । यदि सभापतिको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा तत्काल गरिने समितिले जनाएको छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार