Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एमाले महासचिव र चिनियाँ उपमन्त्री चाओबीच वार्ता

    एमाले महासचिव र चिनियाँ उपमन्त्री चाओबीच वार्ता

    अनलाइन नेपाल
  • सोमबार, २७ मंसिर २०७८
  • 960
    SHARES

    काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलसँग चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्र्तगतको अन्तर्राष्ट्रिय विभाग (आईडीसीपीसी) उपमन्त्री चेन चाओले आज भीडियो वार्ता गरेका छ।

    उपमन्त्री चेनचाओले पोखरेलको पदभार ग्रहणमा बधाई दिँदै दुई पार्टीबीचका अन्तरसम्बन्धित विचारहरूलाई अझ बढी बलियो बनाउँदै लैजाने विचार व्यक्त गरे।



    महासचिव पोखरेलले एमालेको १०औँ महाधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न भएको जानकारी गराउँदै चिनियाँ कम्युनिष्ट पार्टी र एमालेबीच पुरानो सम्बन्ध रहेको र आगामी दिनमा सम्बन्धलाई थप प्रगाढ बनाउने बताए ।



    उपमन्त्री चाओले यही मङ्सिर २८ गते नेपालमा संसद् बस्न लागेको र बैठकमा एमसीसी र अन्य प्रस्तावमा पुर्नविचार गर्नका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल भएको जानकारी गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार