Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • उत्तर कोरियामा ११ दिनसम्म हाँस्न नपाइने, नियम तोड्नेलाई कडा सजायको व्यवस्था

    उत्तर कोरियामा ११ दिनसम्म हाँस्न नपाइने, नियम तोड्नेलाई कडा सजायको व्यवस्था

    अनलाइन नेपाल
  • शुक्रबार, २ पुष २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    एजेन्सी । उत्तर कोरियामा ११ दिनसम्म हाँस्नका लागि प्रतिबन्ध लगाइएको छ ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाली पूर्वनेता किम जोङ्ग इलको १० औं पुण्यतिथिको पूर्वसन्ध्यामा ११ दिनसम्मका लागि हाँस्न तथा अन्य कुनै पनि प्रकारका खुशीयाली मनाउन प्रतिबन्ध लगाइएको हो ।



    शोकको यो अवधिमा हाँस्न, खुशी मनाउन तथा मदिरापान गर्न पूर्ण रुपमा रोक लगाइएको समाचारहरुमा उल्लेख छ ।



    उत्तर कोरियामा अहिले किम जोङ्ग इलका छोरा किम जोङ्ग उनले शासन गरिरहेका छन् । किम जोङ्ग इलको शोक मनाउनका लागि ११ दिनसम्म कसैले पनि हाँस्न नपाउने, मदिरापान गर्न नपाउने र कुनै प्रकारको खुशी मनाउन नपाउने गरी प्रशासनले आदेश जारी गरेको छ ।

    शोकको यो अवधिमा कसैलाई आफ्नो जन्मदिन नमनाउन भनिएको छ । सरकारी आदेश उल्लंघन गर्नेलाई कडा सजायको व्यवस्था गरिएको र आदेश पालना गराउनका लागि ठुलो संख्यामा सुरक्षाकर्मीलाई निगरानीका लागि खटाइएको बताइन्छ ।

    उत्तर कोरियाका तत्कालीन सर्वोच्च नेता किम जोङ्ग इलको १७ डिसेम्बर २०११ मा निधन भएको थियो । उनले १७ वर्षसम्म देशमा शासन गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार