Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बलात्कृत राउटे युवती प्रकरण: पहिचान खुलाउने पत्रकारलाई जेल सजाय

    बलात्कृत राउटे युवती प्रकरण: पहिचान खुलाउने पत्रकारलाई जेल सजाय

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    सुर्खेत । जिल्ला अदालत सुर्खेतले गत जेठ २१ बलात्कृत भएकी राउटे युवतीको पहिचान खुलाएर समाचार प्रकाशन गरेको भन्दै एक पत्रकारलाई पाँच महिना कैद सजायको फैसला गरेको छ ।

    सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल इजलासले ‘राप्ती पहिचान डट कम’ अनलाईनका सञ्चालक एग्गेबहादुर बुढा मगरलाई पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरीवानाको फैसला गरेको हो।



    अदालतका अनुसार पत्रकार मगरले आफ्नो अनलाईनमा पीडित युवतीको पहिचान खुल्नेगरी तस्विर र नामसहित समाचार प्रकाशन गरेको र पीडकको तर्फबाट बहस गरेका वकिलहरुको विरूद्ध फेसबुकमा स्टाटस लेखेका थिए।



    ‘अदालतभित्र राउटे युवतीलाई बलात्कार गर्ने राक्षसबाट मोटो रकम लिएर ती राक्षसको पक्षमा बहस पैरवी गर्न पुगेका तीन जना कालो कोट लगाउने प्रमाणपत्रधारीबाट तीन घण्टा टर्चर भयो। निजहरुको जिरहलाई निरह पार्नेगरी सवालको जवाफ दिएको छु,’ बुढामगरले फेसबुकमा लेखेका थिए।

    बुढामगरको स्टाटसविरुद्ध असोज १९ गते पीडकका तर्फबाट वकालत गर्ने वकिलहरु मोतीराम शर्मा, रामबहादुर भण्डारी र खेमराज जैसीले बलात्कार पीडित राउटे युवतीको पहिचान खुल्नेगरी अनलाईनमा समाचार प्रकाशन गरेको र आफूहरुविरुद्ध फेसबुकमा स्टाटस लेखेको भन्दै अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए।

    संवेदनशील विषयमा समाचार सामग्रीहरु प्रकाशन/प्रसारण गर्दा पीडितको सुरक्षा तथा पहिचानको विषयमा गम्भीर नभएपछि बुढामगरलाई कैद र सजाय तोकिएको जिल्ला न्यायाधीश आचार्यको फैसलामा उल्लेख गरिएको छ।

    ‘सामाजिक क्षेत्रमा समाचार सम्प्रेषण गर्नेले परिणामको गाम्भीर्यतालाई समेत मध्यनजर गर्नुपर्ने हुन्छ, सो विषयमा गम्भीर नभई पीडितको पहिचान खुलाएको अवस्था हुँदा यो कानुनी कारबाहीको विषय हुन आयो,’ फैसलामा भनिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार